घरदैलोमै सामाजिक सुरक्षा भत्ता

कालीकोट, असार १८ गते ।

यहाँस्थित रास्कोट नगरपालिकाले घरदैलोमै पुगेर लाभाग्राहीदलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण हो ।

नगरपालिका वडा नं. ६ मा ४५ जना, वडा नं. ७ मा २५ जना, वडा नं. ८ मा १८ जना र वडा नं. ९ मा ३४ जना गरी कुल १२२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाका सामाजिक विकास शाखा संयोजक हुकुम शाहीले जानकारी दिए ।

“लाभग्राहीको सहजताका लागि नगरपालिकाले ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा घरदैलोमा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाएको हो”, उनले भने । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको