खस्यो यात्रुबाहक गाडी कर्णाली नदीमा

दाङ, असार १८ गते ।

सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुबाहक गाडी कर्णाली नदीमा खसेको छ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली नदीमा क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी झन्डै ४०० मिटर मुनिको कर्णाली नदीमा खसेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रबणकुमार बिकले जानकारी दिए।

बिहान साढे ११ बजेतिर कर्णाली राजमार्गबाट यात्रुबाहक गाडी खसेको थियो। गाडीमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन।

भीरमा अड्किएका एक जनाको उद्धार गरी सडकतर्फ ल्याउने प्रयास जारी रहेको डिएसपी बिकले बताए।

उद्धारका सामग्री सहित घटनास्थलमा ३५ जना प्रहरी खटिएका छन्।

दुर्घटनास्थल प्रहरी चौकी पाल्ताडाबाट ३ किलोमिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालय दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको