८८१ थान भेप र ६ लाख नगदसहित पाँच जना पक्राउ

काठमाडौं, असार १८ गते ।

८८१ थान भेप र ६ लाख रुपैयाँ नगदसहित पाँच जना पक्राउ परेका छन् ।

कागेश्वर मनोहरा नगरपालिका–८ जम्बुडाँडास्थित बागमती करिडोरबाट प्रहरीले उक्त सामानसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आदेश खड्का, सौजन सिम्खडा, चिनियाँ नागरिक लिउ वेट, आकाश तामाङ र अर्जुन तामाङ छन् ।

आरएफ ०७६७१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा संका लागेर लिउ वेटको बागडोलस्थित कोठा खानतलासी गरिएको थियो । सो क्रममा भेप र नगद बरामद भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको