सेती नदीमा महिलाको शव

तनहुँ, असार २५ गते ।

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हिलेटारस्थित सेती नदीमा आज बिहान एक महिलाको शव फेला परेको छ ।

नदीछेउ तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नारायण श्रेष्ठले जानकारी दिए ।

महिलाको पहिचान खुल्न सकेको छैन । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको