कोशी र मधेशका प्रदेश सभा सदस्य र स्थानीय जनप्रतिनिधिसँग कांग्रेसको जुम मिटिङ

काठमाडौं, साउन १५ गते ।

नेपाली कांग्रेसले कोशी र मधेशका जनप्रतिनिधिहरुसँग जुम मार्फत संवाद गरेको छ । काठमाडौंमा उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यले कांग्रेसबाट निर्वाचित कोशी र मधेश प्रदेश सभा र पालिकाका जनप्रतिनिधिसँग छफल गरेका छन् ।

सुनसरीबाट सुरु भएको पछिल्लो घटनाक्रमका विषयमा केन्द्रीय कार्यालयबाट जुम मार्फत सभापति गगन थापा, पदाधिकारी र केन्द्रीय सदस्यले छलफल गरेका हुन् ।

कोशीमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ । सामाजिक सद्भाव कायम गर्न र पछिल्लो तनाव हटाउन प्रदेश र स्थानीय तहका सरकारलाई प्रभावकारी बनाउने बारेमा जुम मिटिङ गरिएको जानकारी गराइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको