धनुषामा सर्वपक्षीय बैठक सुरु

गौशाला, साउन १५ गते ।

जिल्ला प्रशासन कार्यालय धनुषामा सर्वपक्षीय बैठक सुरु भएको छ ।

सुनसरी घटनालाई लिएर धनुषामा पनि तनाव देखिएपछि उक्त तनाव साम्य पार्नका लागि सर्वपक्षीय बैठक बसेको हो ।

बैठकमा प्रतिनिधिसभा सदस्यीय, मधेशका चारवटै सुरक्षा निकायका प्रमुख, जिल्लाका सुरक्षा प्रमुख, धार्मिक गुरु, हिन्दुवादी तथा मुस्लिम समुदायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा लगायतको सहभागिता छ ।

सुनसरी घटनालाई लिएर भएको प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो साढे ३ बजेदेखि कर्फ्यू लगाएको थियो । प्रशासनले उक्त कर्फ्यु आज बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घण्टाका लागि खुकुलो बनाएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको