कार दुर्घटना हुँदा ४ भारतीय नागरिक घाइते

काठमाडौं, साउन १७ गते ।

दाङमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन् । राप्ती गाउँपालिका– ४ गोपीनालास्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार दिउँसो कार दुर्घटना भएको हो ।

भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी ४४ एएस ८१२४ नम्बरको कार चालकको नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा भारतको सिद्धार्थ नगरपालिका–६ बस्ने २५ वर्षीय रवि महमद, ३४ वर्षीया फराह शेख, ६ वर्षीया रिफा शेख र ३२ वर्षीय सनी कुमार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते चारै जनालाई उपचारका लागि राप्ती आधारभूत अस्पताल, सिसहनियामा उपचार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको