सडक विस्तार गर्न गोकर्णेश्वरमा चल्यो डोजर

काठमाडौं, साउन १८ गते ।

काठमाडौं क्षेत्र नम्बर–३ गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा डोजर चलेको छ ।

बाटो साघुँरो भएका कारण स्थानीयले लामो समयदेखि विस्तार गर्न माग गरेका थिए । तर ट्रस्टको जग्गाबाट बाटो विस्तार हुन सकेको थिएन ।

यसपटक सांसद राजुनाथ पाण्डेको पहलमा बाटो बढाउन डोजर चलाइएको हो ।

‘बाटो बढाउन स्थानीयले पहिलेदेखि नै माग गर्नुभएको थियो । तर विस्तार हुन सकेको थिएन । अहिले बाटो विस्तार गर्न डोजर चलाइएको हो,’ रास्वपा काठमाडौं क्षेत्र नम्बर ३ का सभापति उज्ज्वल सापकोटाले भने ।

उक्त क्षेत्रका अन्य स्थानमा पनि दुई दिनसम्म बाटो विस्तार लगायतका काम गर्ने तयारी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको