शून्य फोहर महाअभियान सुरु गर्दै हेटौँडा उपमहानगरपालिका

मकवानपुर, साउन २० गते ।

हेटौँडा उपमहानगरपालिकाले यही साउन महिनाभित्रै शून्य फोहर महाअभियान सुरु गर्न लागेको छ ।

हेटौँडा बागमती प्रदेशको केन्द्रका रुपमा रहेको उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८३र८४ लाई ‘पर्यटन वर्ष’ घोषणा गरेकाले त्यस पक्षलाई दृष्टिगत गरी शून्य फोहर महाअभियान सुरु गर्न लागिएको वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख सत्यदेवी अधिकारीले जानकारी दिइन् ।

उनले भनिन्, “हामीले उपमहानगरपालिका क्षेत्रभित्रका सरकारी, निजी सबै सङ्घ संस्था, कार्यालय, विद्यालय, टोल विकास संस्थाहरूमा सूचना तथा पत्राचार गरी यही साउन २२ गते बिहान ९ः०० बजेदेखि १०ः०० बजेसम्म आ–आफ्नो कार्यालय क्षेत्र परिसर सरसफाइ गरी महाअभियानलाई सफल पार्न अनुरोध गरेका छौँ ।” रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको