गुन्डुमा एक  कुखुरा फर्ममा आगलागी

काठमाडौं, साउन २२ गते ।

भक्तपुरको गुन्डुस्थित एक कुखुरा फर्ममा आगलागी भएको छ ।

प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका–७ गुन्डुमा ४५ वर्षीय मनोजकुमार तामाङले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।

शुक्रबार बिहान आगलागी हुँदा करिब ५ लाख ८५ हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको