सुधार केन्द्रमा रहेका राइनको ज्यान गयो

जनकपुरधाम, साउन २४ गते ।

धनुषामा रहेको एक सुधार केन्द्रमा एक पुरुषको मृत्यु भएको छ ।

धनुषाधाम नगरपालिका–९ स्थित शुभेच्छा फाउन्डेसन सुधार केन्द्रमा शनिबार साँझ गणेशमान चारनाथ नगरपालिका–४ का अन्दाजी ३५ वर्षीय मजिबुल राइनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।

राइनलाई अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरिएको प्रवक्ता न्यौपानेले बताए ।

मृतक राइनको शरीरमा निलडाम देखिएको र शवको पोस्टमार्टम भइरहेको र त्यसबाट थप खुल्ने प्रवक्ता न्यौपानेले बताए ।

राइनलाई कुटपिट गरिएको र त्यस कारण मृत्यु भएको आफन्तको आरोप छ । मृतकका आफन्तले राति सडक अवरुद्ध गरी प्रदर्शन गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको