१०५ किलो गाँजासहित एकजना भारतीय नागरिक पक्राउ

काठमाडौं, साउन २६ गते ।

पर्सामा १०५ किलो (प्लाष्टिकबाहेक) गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले भारतको जिल्ला बेतीया ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त टोलीले पटेर्वा गाउँपालिका–३ सोनवर्षाबाट उनलाई नियन्त्रणमा लिएको हो ।

शंकाष्पद रुपमा बोरा बोकेर हिँडिरहेका बेला नियन्त्रणमा लिएर चेकजाँच गर्दा चौधरीले बोकेको बोरामा गाँजा भेटिएको हो ।

पर्सामा सोमबार साँझ नै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित एक जना भारतीय र तीन जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको