गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, साउन २६ गते ।

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रतिनिधिसभा बैठकमा गणपूरक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गरेका थिए ।

तीन मिनेटसम्म घण्टी बजाउँदा गणपुरक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् । सभामुख अर्यालका अनुसार, ६९ जना सांसद हुनुपर्नेमा ६१ जनामात्रै बैठकमा रहेकाले स्थगित गरिएको हो ।

खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची थियो । यो प्रस्तावमा गणपुरक संख्या पुगेको खण्डमा सांसदहरूले ७२ घण्टाभित्र संशोधन हाल्ने समय सुरु हुन्थ्यो ।

अब अर्को बैठकमा गणपुरक संख्या पुगेपछि मात्रै यो प्रस्तावमाथिको कार्यसूची अघि बढ्नेछ । भदौ १ गते सम्मका लागि बैठक स्थगित भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको