स्वास्थ्य सुधार भएपछि जेएन थपलिया डिस्चार्ज

काठमाडौं, साउन २७ गते ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा छलफलकै क्रममा उनी बेहोस भएका थिए । १८ साउन राति बेहोस भएर ढलेपछि मध्यपुर ठिमी अस्पतालमा भर्ना भएका थिए ।

त्यहाँबाट वीर अस्पताल सरेका थपलियाको एक साता बढी बीर अस्पतालमा उपचार भयो । ‘रिर्पोटहरु नर्मल आएपछि हिजो मात्र डिस्चार्ज हुनुभयो,’ थपलियाका छोरा सुरजले भने, ‘आज चितवन फर्कदैछौं ।’

थपलियालाई हटाएर ओलीले किरण थापामगरलाई मुख्यमन्त्री बनाउने प्रक्रिया अगाडि बढाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको