हेलो सरकारमा एक सातामा झन्डै ७ हजार गुनासा

काठमाडौं, साउन २९ गते ।

हेलो सरकारमा एक सातातमा ६ हजार बढी गुनासा आएका छन् । प्रधानमन्त्री कार्यालयले साताभरी गरेका कामको सार्वजनिक गर्न आयोजित कार्यक्रममा पोर्टल र फोनमार्फत गरी ६ हजार ६ सय ८ गुनासा आएको जानकारी गराएको हो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार पोर्टल मार्फत ३ हजार मात्र ३ हजार ४९६ गुनासा आएका छन् । पोर्टलमार्फत सम्बन्धित निकायमा पठाइएको गुनासो २ हजार २२५ रहेको छ । पोर्टलमार्फत समाधान भएका गुनासो २ हजार २१ र पोर्टल मार्फत फछ्यौट भएको ९ सय ८१ गुनासा छन् ।

गुनासोको लागि ३ हजा ११० कल कार्यालयले उठाएको छ । फोनमार्फत व्यवस्थापन भएको गुनासो २ हजार १७७ रहेको र १० वटा गुनासा रद्द गरिएको कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयले अबदेखि प्रत्येक शुक्रबार साताभरी भएका काम सार्वजनिक गर्ने पनि जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको