पहिरोमा परेर तीन जना घाइते

धनगढी, साउन ३० गते ।

दार्चुलामा पहिरोमा परेर तीन जना घाइते भएका छन् ।

महाकाली नगरपालिका–४ को रिंगलताल बांगाबगरस्थित ब्रह्म होटल एण्ड लजको माथिबाट पहिरो खस्दा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा दुहुँ गाउँपालिका–४ बस्ने २० वर्षीय सुरज कुँवर, मालिकार्जुन गाउँपालिका–२ बस्ने ४२ वर्षीया भागरती धामी र सोही ठाउँ बस्ने ४५ वर्षीय भगतसिंह धामी रहेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० गौरव महतले जानकारी दिए ।

उनकाअनुसार घाइतेको तत्काल उद्धार गरी उपचारका लागि पठाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको