चार दिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ

काठमाडौं, भदौ ३ गते ।

भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ औपचारिक नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । चार दिने नेपाल भ्रमणमा आएका सेठ आज उनी स्वदेश फर्किएको नेपाली सेनाले जनाएको छ।

सेनाध्यक्षसहितको टोलीलाई नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीसहितले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका हुन्।

नेपाल भ्रमणमा रहँदा सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरे। नेपाल रहँदा सेठले राष्ट्रपति, प्रधानमन्त्री बालेन शाह, प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका थिए।

नेपाली सेनाले भारतीय सेनाध्यक्षको भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुर्‍याएको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको