ट्रयाक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं, भदौ ४ गते ।

दाङको घोराही उपमहानगरपालिका–७ स्थित बेसाहीमा ट्रयाक्टर र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

बुधबार राति ८ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको ट्रयाक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा अटोमा सवार तीन जना घाइतेमध्ये अटो चालक घोराही उपमहानगरपालिकाप–५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा आज बिहान बाँकेको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य दुई जना घाइतेको अवस्था मध्यम रहेको छ ।

ट्रयाक्टर र ट्रयाक्टर चालक घोराही उपमहानगरपालिका–१७ भैसाहीका २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको