कान्ती लोकपथमा भिरबाट १०० मिटर मुनि खस्यो ट्रक

काठमाडौं, भदौ ४ गते ।

कान्ती लोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको गढी गाउँपालिका१ लेनडाँडामा घुम्तिमा मालबाहक ट्रक दुर्घटनामा परेको छ ।

रौतहटको चन्द्रपुरबाट तराई मधेश दुर्तमार्ग अन्तर्गत महादेवटारका लागि ह्युमपाइप बोकेर आउँदै गरेको ना १ क ८५३६ नम्बरको ट्रक ब्रेकफेल भई सडकबाट १०० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालक रौतहटको चन्द्रपुर नगरपालिका–६ का ३६ वर्षीय धनबहादुर बिकले भने हामफालेर ज्यान बचाएका छन् । उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको ट्रक भने दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको