५३ लाख बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं, भदौ ५ गते ।

दिल्लीबाट काठमाडौं आउँदै गरेको ५३ लाख रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद भएका छन् ।

चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट प्रहरीले उक्त सामान बरामद गरेको हो । दिल्लीबाट काठमाडौं आउँदै गरेको बा प्र. ०३–००१ ख ३५३६ नम्बरको बसको प्यासेजमा राखेर ल्याइएका भन्सार छलीका सामानहरू बरामद गरिएको प्रहरीले बताएको छ ।

उक्त बसबाट प्रहरीले मोबाइल, ल्यापटप, टेम्पर ग्लास, कपडा, जुत्ता गरी ५३ लाखको सामान बरामद गरेको छ ।

बस चालक कटारी नगरपालिका–११ का ३४ वर्षीय पविन्दर राना मगरलाई पक्राउ गरिएको छ ।

उनलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको