बससँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं, भदौ ५ गते ।

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको छ।

चितवनको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्व(पश्चिम राजमार्गमा शनिबार मध्याह्न १२ः२३ बजे नारायणघाटबाट बर्दिबास जाँदै गरेको बा.प्र. ०३००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक र त्यसमा सवार एक महिलाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको थियो।

दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकहरूको परिचय खुल्न बाँकी छ।

बस चालक सर्लाहीको हरिवन नगरपालिका–०८ का ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको