भीरबाट लडेर एक जना वृद्धको मृत्यु

गुल्मी, भदौ ८ गते ।

गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।

कालीगण्डकी गाउँपालिका–४ भाङखर्क निवासी ६५ वर्षीय फटिकबहादुर पुनको सोमबार भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान पैदलयात्रा गर्ने क्रममा अचानक सडकबाट करिब १५० मिटर तल खस्दा पुनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको