ड्रोन गतिविधि बढ्दा उद्धार उडान प्रभावित

काठमाडौं, भदौ १४ गते ।

नेपाल–चीन सीमा नजिक नेपाली भूभागमा निजी ड्रोनहरूको अत्यधिक गतिविधि बढ्दा उद्धार उडान प्रभावित बनेको छ ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोन गतिविधिले उडानमा जोखिम भएको भन्दै ‘नोटाम’ जारी गरेको छ ।

यसअघि सरकारले अनुमति नलिई ड्रोन उडाउँदा उद्धार र राहतमा संलग्न हेलिकप्टरहरूको उडानमा असर पुगेको जनाएको थियो । सोही गतिविधि आज पनि दोहोरिएपछि त्यस भेगमा उडान अवरुद्ध हुन पुगेको छ ।

हेलिकप्टर पाइलटहरूलाई उद्धार उडान गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले नोटाम जारी गरेको हो ।

प्राधिकरणले केरुङ सीमाबाट १० किलोमिटर दक्षिणतर्फको क्षेत्रभित्र उडानमा सावधानी अपनाउन भनेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको