महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीले गरे बाढी पीडीतलाई एक लाख सहयोग

जनकपुरधाम, भदौ १५ गते ।

महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन् । कारागारमा रहेका ४५५ कैदीबन्दीले विपद्‌मा सहयोग गर्न चन्दा संकलन गरेका थिए ।

गत भदौ १० गते रसुवाको भोटे कोशीमा आएको भीषण बाढी ठूलो जनधनको क्षति भएको छ । बन्दीहरूले पीडितको राहत तथा उद्धार कार्यका लागि उक्त रकम आफैमा संकलन गरेर प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको कारागार प्रमुख अशोक कुमार क्षेत्रीले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको