ग्यास नपाएर सडकमा स्थानीयले गरे विरोध

गोरखा, भदौ १६ गते ।

ग्यास नपाएको विरोधमा गोरखाका स्थानीयले सडकमा रित्तो सिलिण्डर राखेर विरोध जनाएका छन् ।

मंगलबार सिरानचोक गाउँपालिका–४ चोरकाटेका स्थानीयले विरोध स्वरुप रित्तो सिलिण्डर सडकमा राखेका हुन् ।

‘असार यता यहाँ ग्यासको हाहाकार छ’ स्थानीय मदन श्रेष्ठले भने, ‘आएको ग्यास पनि सबै गोरखा बजार मात्र जान्छ ।’

ग्यास नपाउँदा चुलोचौका गर्न समेत समस्या भएको उनले बताए । ग्यास नआए सशक्त आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।

‘आज सामान्य सचेत मात्र गराएका हौ, ग्यास नपाए थप आन्दोलन गर्छौं’ स्थानीयको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको