टिमुरे भन्सारका अधिकृतको शव गोरखामा भेटियो

काठमाडौं, भदौ १६ गते ।

रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत गोरखामा मृत अवस्थामा भेटिएका छन् ।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको हो। त्रिशूली नदीको किनार (गोरखातर्फ)शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

भन्सार अधिकृत शर्मा हुम्ला ताजाकोट गाउँपालिका–२ का स्थानीय हुन्। पोष्टमार्टमपछि परिवारले उनको शव बुझेका छन्। गोरखातर्फ पर्ने त्रिशुली नदीको तटीय क्षेत्रमा अहिलेसम्म ६५ जनाको शव भेटिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको