पब्लिक सन्देश
गौशाला, भदौ २० गते ।
सशस्त्र प्रहरीले महोत्तरीमा झण्डै अढाई करोड रुपैयाँ बराबरको एप्पल कम्पनीको एयर वर्डस बरामद गरेको छ ।
सशस्त्र प्रहरीले सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार बिहान झण्डै दुई करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीको एयर वर्डस बरामद गरेको हो ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको १२ सय थान एयर वर्डस सशस्त्र प्रहरीको ९ नम्बर गण, रघुनाथपुर सीमा सुरक्षा गुल्म र खैरनी बोर्डर आउट पोष्टले संयुक्त रुपमा बरामद गरेको सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
उक्त एयर वर्डस ल्याउने व्यक्ति सशस्त्र प्रहरीको गस्ती टोली देख्ना साथ फरार भएका बताइएको छ । बरामद एयर वर्डस आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको थापाले बताएका छन् ।






