पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

काठमाडौं, भदौ २१ गते ।

ललितपुरको बाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित टाकुर्चेमा खसेको पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध बनेको छ ।

ललितपुर प्रहरीका अनुसार पहिरो झर्ने क्रम नरोकिएकोले शनिबार साँझदेखि यो राजमार्गमा सवारी साधनहरू चल्न सकेका छैनन् ।

उपकरणसहितको टोली पहिरो खसेको स्थलमा तैनाथ भए पनि पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो पन्छ्याउन समस्या भएको ललितपुर प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत काठमाडौं–मुग्लिन सडकखण्डको कृष्णभिर र परेवाभिरमा १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीले क्षति पुर्‍याएपछि यो राजमार्ग बन्द छ । जसका कारण हेटौंडा–काठमाडौं आउजाउ गर्ने तीन वटा रुटमा सवारी साधनको चाप छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको