मधेशमा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

जनकपुरधाम, भदै २७ गते ।

मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशअन्तर्गतका स्वास्थ्य निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष २०८३र०८४ का लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो ।

मन्त्रालयका अधिकृत सातौं वच्चे लाल साह तेलीले हस्ताक्षर गरेको पत्रमा २०८३ असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाइएको उल्लेख छ ।

मन्त्रालयका अनुसार प्रदेश मन्त्रिपरिषद्को २०८३र०४र२८ गतेको निर्णयअनुसार अस्थायी दरबन्दीसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न लागिएको उल्लेख छ । सोही निर्णयबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै निर्देशन पालना गर्न भनिएको छ ।

पत्र प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य तालिम केन्द्र तथा प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय र प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूलाई पठाइएको छ।

मन्त्रालयले अस्थायी दरबन्दीमा रहेका कर्मचारीको कामकाज र हाजिरीसम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्न यस्तो निर्देशन जारी गरेको जनाएको छ। उनीहरूलाई सम्बन्धित कार्यालयमै हाजिर गराउन भनेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको