आज पनि देशका विभिन्न राजमार्ग अरुद्ध

काठमाडौँ, भदौ ३१ गते ।

वर्षासँगैको बाढी–पहिरो र सडक कटानको कारण आज पनि देशका विभिन्न राजमार्ग अरुद्ध भएका छन्।

रसुवाको भोटेकोसी नदीमा आएको बाढीको कारण यही भदौ १० गतेदेखि नै पृथ्वी राजमार्गसहित रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्ध छन्।

पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गमा आज पनि पूर्णरूपमा गाडी चल्न सकेको छैन। धादिङको बेनीघाट रोराङ गाउँपालिका(७ स्थित कृष्णभिर हुँदै आज पनि आवतजावत बन्द छ।

धादिङको बेनिघाट रोराङ १० को ज्वाङखोला, शितलबजार र तुइनखोलामा भने एकतर्फी गाडी चलेका छन्।

त्यसैगरी बीपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्डमा रातको समयमा मालबाहक र दिनमा यात्रुवाहक सवारी साधन सञ्चालन हुनेगरी पालो मिलाइएको प्रहरीले जनाएको छ।

पहिरोले आज हुम्लामा कर्णाली राजमार्ग अवरुद्ध छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको