ट्रक र यात्रुवाहक माइक्रो ठोक्किँदा १७ जना घाइते

काठमाडौं, भदौ ३१ गते ।

उदयपुरको उदयपुरगढी गाउँपालिका–०७ अधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुवाहक माईक्रो बस (हायस) एक–आपसमा ठक्कर खाँदा हायस चालकसहित १७ जना घाइते भएका छन् ।

बुधबार बिहान १०ः०० बजेको समयमा कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको यात्रुवाहक माईक्रो बस (हायस) एक–आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिई घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा हायसमा सवार चालक तथा सहचालकसहित १७ जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरमा रिफर गरिएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको