चिलिमे हाइड्रोको सुरुङमा दुई वटा शव फेला

काठमाडौं, भदौ ३१ गते ।

रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ वटा शवहरू फेला परेका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार, खोजीको क्रममा करिब आधा घण्टा अघि २ वटा शव फेला परेका हुन् ।

उनले उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको बताए ।

गत १० भदौमा आएको विनाशनकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धारको काम भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको