काठमाडौं, असोज २ गते ।
नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनी यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशक थिए ।
त्यसभन्दा अघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारले वैशाख १९ गते जारी गरेको अध्यादेशका कारण स्वतस् पदमुक्त भएका थिए ।
शाक्यलाई अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट हटाएकोमा सर्वोच्चको परमादेशसँगै पुनर्बहाली भएका थिए ।






