पार्टी, संसद् र सरकारको सम्बन्ध बलियो बनाउनुपर्छ : रवि

काठमाडौं, असोज ४ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताएका छन् । आइतबार बसेको रास्वपा सचिवालय बैठकमा उनले यो धारणा राखेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

‘पार्टी सभापतिज्युले बैठकमा पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध भएकाले यो तीन वटैबीचको सम्बन्ध बलियो बनाएर जानुपर्छ भन्ने निर्देशन दिनुभएको छ,’ बैठकपछि पत्रकारलाई जानकारी दिँदै प्रवक्ता खरेलले भने ।

यस्तै, सचिवालय बैठकमा सभापति लामिछानेले पार्टीका नेता, सांसद र समर्थकको अनुशासनको विषयमा पनि केही निर्देशनात्मक कुरा राखेको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको