सरकारलाई राष्ट्रसंघको महासभाको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं, असोज ४ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठकले प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनाललाई संयुक्त राष्ट्रसंघको महासभाको तयारी गर्न नीतिगत निर्देशन दिएको छ ।

प्रवक्ता जगदीश खरेलद्वारा सार्वजनिक आइतबार बसेको पार्टीको सचिवालय बैठकका निर्णयमा उक्त विषय उल्लेख छ ।

उक्त विषय बैठकका सात निर्णयमध्ये दोस्रो नम्बर बुँदामा ‘संयुक्त राष्ट्रसङ्घीय महासभामा नेपालको सहभागिता सम्बन्धमा’ दिएर राखिएको छ ।

‘संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जान लाग्नुभएका सम्माननीय प्रधानमन्त्री, परराष्ट्र मन्त्रीलगायतको कार्यदललाई नेपालको भोटेकोशी विपदसँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्नेगरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ,’ निर्णयमा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको