त्रिपुरासुन्दरी मन्दिरबाट ५५ हजार चोरी

डोल्पा, असोज ४ गते ।

जिल्ला डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा चोरी भएको छ। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा रहेको श्री बाला त्रिपुरासुन्दरी मन्दिरको मुख्य पूजास्थलमा राखिएको ५५ हजार रुपैयाँ भेटी शनिबार बिहान चोरी भएको मन्दिरका मुख्य पुजारी प्रख्यात उपाध्यायले जानकारी दिए।

उनका अनुसार मुख्य पूजास्थलमा राखिएको नगद चोरी भएको कुरापछि मात्रै थाहा भएको हो। चोरी भएको जानकारी पाएपछि घटनाबारे प्रहरीलाई खबर गरिएको उनले बताए।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी टोली मन्दिरतर्फ आउँदै गरेको पुजारी उपाध्यायले जानकारी दिए। प्रहरीले मन्दिरमा जडान गरिएको सिसीटिभी फुटेज हेर्नुका साथै घटनाबारे थप अनुसन्धान गर्ने तयारी गरेको मन्दिर सुरक्षा पोस्टले जनाएको छ। चोरीमा संलग्न व्यक्तिको पहिचान तथा घटनाको थप विवरण अनुसन्धानपछि खुल्नेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको