काठमाडौं, असोज ४ गते ।
लागुऔषधका प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने ४२ वर्षीय हरि राम गिरी र नुवाकोटको सूर्यगढी गाउँपालिका–६ का ३१ वर्षीय अजय थापा छन् । उनलाई प्रहरी वृत्त सिंहदरबारको टोलीले शुक्रबार काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ गरेको हो ।
धरौटीमा छुटाइदिने भन्दै उनीहरुले प्रतिवादीको आफन्तबाट ४ लाख ७९ हजार रुपैयाँ र ७ थान खाली चेक समेत लिएको पाइएको प्रहरीले बताएको छ । उनीहरुविरुद्ध ठगीको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।






