लागुऔषध कारोबारीमा संलग्न एक जना पक्राउ

काठमाडौं, असोज ७ गते ।

बाँकेमा हवाई फायर गरी लागुऔषध कारोबारीमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका(१४ मा हवाई फायर गरी एक जना भारतीय नागरिक पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश बहराइज जिल्ला रुपैडिया थाना चकिया रोड घर भएका २४ वर्षीय नदिम राई रहेको प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जानकारी दिए ।

राई मंगलबार राति पौने ११ बजेको समयमा यूपी४०जे०६५७ नम्बरको भारतीय नम्बर प्लेटमा भारतबाट नेपालतर्फ आउँदै थिए । शंका लागि रोक्न खोज्दा उनी मोटरसाइकल हुँइकाएर फरार भएका थिए । सो क्रममा दुई राउण्ड हवाई फायर गरिए पनि उनले मोटरसाइकल नरोकेपछि टायरमा थप दुई राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको निरौलाको भनाइ छ ।

उनको साथबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेराइन बरामद भएको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको