माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर

काठमाडौं, असोज १९ गते ।

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।

निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना मजदुर गम्भीर घाइते भएका छन्।

सोमबार बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन्।

मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन् । दुवै जना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेका हुन ।

घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्ण बहादुर घर्ती गम्भीर घाइते भएका छन्। घाईतेलाई तत्काल उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ । घटनाको थप बिवरण आउन बाकिँ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको