काठमाडौं, असोज २१ गते ।
यस वर्षको बडादसैँको टीकाको उत्तम साइत बिहान १०ः२६ बजे रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादसैँको शुभसाइतअनुसार विजयादशमी तथा देवी विसर्जन कात्तिक ३ गते मङ्गलवार परेको छ। सोही दिन बिहान १०ः२६ बजे टीकाको साइत निर्धारण गरिएको समितिले जनाएको छ।
समितिका अनुसार यस वर्षको नवरात्रारम्भ तथा घटस्थापना असोज २५ गते आइतबार बिहान ११ः४७ बजे रहेको छ। फूलपाती असोज ३१ गते शनिवार बिहान ७ः३७ बजे, महाष्टमी कात्तिक १ गते आइतबार बिहान १०ः३९ बजे र महानवमी कात्तिक ३ गते मङ्गलवार परेको छ।
विजयादशमीका दिन टीका लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा गरेर (पश्चिम फर्केर) बस्नुपर्ने समितिले जनाएको छ। न्यूज कारखाना






