कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौं, असोज २४ गते ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा उपसभापति र महामन्त्रीको मतगणना एक साथ सुरु भएको हो ।

मतगणना तीन ठाउँमा सुरु भएको र हरेक मतगणना स्थलमा हरेक उम्मेदवारलाई एक–एक जना प्रतिनिधि राख्न दिने सहमति भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

शुक्रबार राति सम्पन्न मतगणनामा प्रतिस्पर्धी उम्मेदवार श्यामकृष्ण खड्गीलाई पराजित गर्दै गगनकुमार थापा सभापतिमा निर्वाचित भइसकेका छन् । उनी ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित भएका हुन् ।

खड्गीले ३७५ मत प्राप्त गरेका छन् । सभापति पदका लागि भएको मतदानको गणना राष्ट्रिय सभागृहमा भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको