मटिहानीमा बडादशैं र दुर्गा पूजाको तयारी तीव्र

महोत्तरी, असोज २४ गते ।

महोत्तरीको ऐतिहासिक मटिहानी बजारस्थित दुर्गा मन्दिरमा बडादशैं तथा दुर्गा पूजाको अवसरमा तयारी तीव्र पारिएको छ । दशैं अवधिभर भव्य रूपमा मनाइने दुर्गा पूजालाई लक्षित गरी मन्दिर परिसर तथा बजार क्षेत्रमा आकर्षक पण्डाल र सजावट निर्माणको काम भइरहेको छ।

मटिहानीमा दसैँका नौ दिनसम्म दुर्गा भवानीको विशेष पूजा, पाठ र आराधना भव्यताका साथ गर्ने परम्परा रहँदै आएको छ। पूजालाई मर्यादित, व्यवस्थित र भव्य बनाउनका लागि स्थानीय मटिहानी नगरपालिकाले पनि विशेष सहयोग र समन्वय गर्दै आएको छ।

दशैं सुरु भएसँगै पूजा अर्चना र भव्य सजावट अवलोकनका लागि मटिहानीमा स्थानीयका साथै छिमेकी गाउँ तथा भारतीय सीमावर्ती क्षेत्रका श्रद्धालुहरूको समेत ठूलो घुइँचो लाग्ने गर्दछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको