३५ वर्षमा २१ विवाह गरेको भिखारीको दाबी, आठ पत्नीको नाम मात्रै सम्झिन्छन्

काठमाडौं, असोज २४ गते ।

सुन्दा पत्यारै नलाग्ने एउटा भिखारीले मात्र ३५ वर्ष कै उमेरमा २१ वटा बिवाह गरेको कुरा । तर यो यथार्थ हो बंगलादेशको ।

बंगलादेशका एक भिखारीले ३५ वर्षको उमेरमै २१ वटा विवाह गरेको दाबी गरेपछि सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको छ । अझ रोचक कुरा त के छ भने, उनले आफ्ना २१ पत्नीमध्ये आठ जनाको नाम मात्रै सम्झिन सकेका छन्।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा देखिएका ती व्यक्तिको नाम मेरु मियाँ ९ःभचग ःष्ब० बताइएको छ। उनी भीख मागेर जीविकोपार्जन गर्ने गरेको दाबी गरिएको छ।

भाइरल भिडियोमा मेरु मियाँलाई आफ्ना पत्नीहरूको नाम सोध्दा उनले शीला, नरगिस, सेलेना, आलिया, तारा, ज्योत्सना, राबिया र पारुल गरी आठ जनाको नाम बताएका छन्। बाँकी पत्नीहरूको नाम भने सम्झिन सकेनन्।

उनले आफूले कुनै महिलालाई विवाहका लागि प्रस्ताव नगरेको, बरु महिलाहरू आफैँ विवाह गर्न इच्छुक भएपछि अस्वीकार गर्न नसकेको दाबी गरेका छन्। केही महिला आफूभन्दा उमेरले ठूला भए पनि विवाह गरेको उनको भनाइ छ।

सामाजिक सञ्जालमा सार्वजनिक विवरणअनुसार, मेरु मियाँ दैनिक फरक–फरक पत्नीलाई साथमा लिएर भीख माग्न जाने गरेका छन्। उनका सबै पत्नी एकै ठाउँमा बस्छन् वा अलग(अलग, तथा परिवारमा कति सन्तान छन् भन्नेबारे भने स्पष्ट जानकारी छैन।

उनको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिएका छन्। केहीले २१ विवाहको दाबीप्रति आश्चर्य व्यक्त गरेका छन् भने केहीले उनको परिवारको खर्च कसरी चल्छ भन्ने प्रश्न गरेका छन्।

यद्यपि, मेरु मियाँको उमेर, विवाहको संख्या र पारिवारिक अवस्थाबारे स्वतन्त्र रूपमा पुष्टि भएको छैन। त्यसैले यी विवरणलाई प्रमाणित तथ्यभन्दा सामाजिक सञ्जालमा सार्वजनिक दाबीका रूपमा लिनुपर्ने देखिन्छ । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको