बेत्रावतीस्थित फलाकु खोलामा बनेको एक्रो ब्रिज सञ्चालनमा

काठमाडौं, असोज २५ गते ।

नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा बनेको एक्रो ब्रिज सञ्चालनमा आएको छ ।

४० टन भार बहन क्षमता भएको ७३.२ मिटर लामो र ५.५ मिटर चौडाको एक्रो ब्रिज सञ्चालनमा आएसँगै नुवाकोट र रसुवा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने विश्वास गरिएको छ ।

साथै बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा समेत सहजता हुने विश्वास लिइएको छ।

नेपाली सेनाले निर्माण गरेको उक्त पुल एक कार्यक्रमका बीच सडक आयोजनालाई हस्तान्तरण गरिएको छ ।

नेपाली सेनाले गल्छी–रसुवागढी सडक आयोजनालाई उक्त ब्रिज हस्तान्तरण गरेको हो।

नेपाली सेनाले करिब ३०० मिटर सडक खण्डमा कठिन चट्टान फुटाइ पहुँच मार्ग निर्माण गरी २० असोजदेखि निर्माण कार्य सुरु गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको