राजमार्गमा खाना खाँदा बिरामी परे कारबाही हुने

काठमाडौं, असोज २७ गते ।

सरकारले सार्वजनिक यात्रुवाहक सवारीसाधनका यात्रुले राजमार्गमा खाना तथा खाजा खाने क्रममा बिरामी भए कारबाही गर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको सम्बन्धित निकायहरूको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, यात्रुले खाना तथा खाजा खाने होटल र रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका खाना, न्यून गुणस्तरका खाद्य पदार्थ र चर्को मूल्य असुलीजस्ता गुनासो बढेपछि यस्तो निर्णय भएको हो । यात्राका क्रममा यस्ता समस्या भोग्नुपरेमा प्रहरी हेल्पलाइन नम्बर १०० मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

सार्वजनिक यात्रुवाहक सवारी साधनको चालकले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने स्थानका ९सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छताको स्टिकर टाँसिएको० होटल तथा रेष्टुरेन्टहरूलाई उच्च प्राथमिकता दिई खाजा, नास्ता र खानाको लागि रोक्नुपर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै, राजमार्गका होटल तथा रेष्टुरेन्टमा सुक्ष्म निगरानी भइरहेको पनि सरकारले जनाएको छ ।

‘यदि ती होटल–रेष्टुरेन्टहरूमा खाजा, नास्ता र खानाको कारणले यात्रुहरू बिरामी भएको पाईएमा सम्बन्धित सवारी चालक र होटलररेष्टुरेन्ट संचालकलाई प्रचलित कानुन बमोजिम कडा कारबाही हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको