रामेछाप, कार्तिक ६ गते ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु भएको छ । दसैँ मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
बिहीबार दिउँसो करिब २ बजे आमा–छोरी पोखरीमा नुहाइरहेका बेला बालिका खेल्ने क्रममा डुबेकी थिइन् । छोरी पोखरीमा डुबेको खबरसँगै रहेका साथीले दिएपछि उनलाई बचाउन पोखरीमा पसेकी सतीदेवीसमेत डुबेकी थिइन् । घटनामा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दशैं मनाउन माइती आएकी चेली र उनकी छोरीको एकैसाथ मृत्यु भएपछि परिवार तथा स्थानीयवासी शोकमा परेका छन्। घटनाले गाउँमा शोक छाएको छ । घटनाबारे क्रसर उद्योगका सञ्चालकहरूमाथि अनुसन्धान गरिरहेको सिन्धुली प्रहरीले जनाएको छ । नेपाल न्यूज बैंक








