सामाजिक सञ्जालको पेज वा ग्रुप बनाएर जानकारी गराउनू नेकपाको निर्देशन

काठमाडौं, कार्तिक ७ गते ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पार्टी कमिटीहरुले सामाजिक सञ्जाल अन्तर्गतका आधिकारिक पेज वा ग्रुप निर्माण गरेको भए त्यसको जानकारी पार्टीलाई गराउनुपर्ने भएको छ । यदि सामाजिक सञ्जालको पेज वा ग्रुप नबनाएको भए पनि बनाएर जानकारी गराउनुपर्ने भएको छ ।

नेकपाले हालै जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)मा यो कुरा उल्लेख छ ।

अपानिको ७ नम्बर बुँदामा सामाजिक सञ्जाल व्यवस्थापनबारे लेखिएको छ, ‘पार्टी मातहतका समितिहरूले सामाजिक सञ्जालअन्तर्गत आधिकारिक पेज वा ग्रुप निर्माण गरेको भए त्यसको जानकारी र नबनाएको भए आधिकारिक पेज तथा ग्रुप निर्माण गरी पार्टी केन्द्रलाई तत्काल जानकारी गराउन निर्देशन गरिन्छ ।’

गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकपछि असोज २५ गते नेकपाले अपानि जारी गरेको थियो । सोही केन्द्रीय कार्यसंयोजन समितिको बैठकको निर्णय अनुसार आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म नेकपाले देशभर जागरण अभियान सञ्चालन गर्दैछ ।

दुई महिने जागरण अभियान ‘पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभाको निर्वाचन तथा सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्ध आन्दोलनको तयारीका रूपमा’ सञ्चालन गरिने अपानिमा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको