तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु

स्याङ्जा, कार्तिक ७ गते ।

स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा भएका १८ सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीका अनुसार साउन, भदौ र असोजमा १० मोटरसाइकल, पाँच जीपरभ्यान, दुई बस र एक ट्रेलर ट्रक दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा पाँच पुरुष र एक महिलाको मृत्यु भएको छ । गम्भीर घाइते हुनेमा चार पुरुष र चार महिला छन् । त्यस्तै, सात पुरुष, १० महिला, एक बालक र तीन बालिका गरी २१ जना सामान्य घाइते भएका छन् ।

दुर्घटना न्यूनीकरणका लागि चालक र यात्रु दुवैले ट्राफिक नियम पालना गर्नुपर्ने शाहीले बताए । तीव्र गति नियन्त्रण गर्ने, हेल्मेट र सिटबेल्ट अनिवार्य प्रयोग गर्ने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने तथा सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्ने बानीले दुर्घटनाको जोखिम घटाउन सकिने उनको भनाइ छ ।

शाहीका अनुसार ट्राफिक नियमबारे सचेतना फैलाउने, सवारीसाधनको निगरानी गर्ने र नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने कामलाई निरन्तरता दिइएको छ । चालक र सर्वसाधारणको सहकार्यबाट सडकलाई सुरक्षित बनाउन सकिने भन्दै उनले सबैलाई जिम्मेवार भएर यात्रा गर्न आग्रह गरे ।तीन महिनामा १८


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको