फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं, कार्तिक ८ गते ।

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्धित भएका छन्।

बायाँहाते ब्याटर तथा स्पिनर ३१ वर्षीय एलेन टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् भने विश्वका विभिन्न फ्रेन्चाइज लिगहरूको अनुभव संगालेका छन्।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङ थप बलियो हुने विश्वास व्यक्त गरेका छन्। यता, खेलाडी एलेनले पनि नेपालमा आएर एनपीएल खेल्न र टोलीको सफलतामा योगदान दिन उत्साहित रहेको बताएका छन्। न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको