सुदूरपश्चिममाथि डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित

काठमाडौं, कार्तिक ९ गते ।

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो खेलमा साविक विजेता लुम्बिनीले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको लुम्बिनीले सुदूरपश्चिमलाई १७ ओभरमा ८७ रनमै अलआउट गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ९.५ ओभरमै ८८ रन बनाउँदै लक्ष्य पूरा गरेको छ ।

लुम्बिनीका लागि सर्टले ४० र आरिफ शेखले ३२ रनको योगदान गरे । श्रीलंकन खेलाडी डिकेवालाले सात रन बनाए ।

मंगलबार दुई खेल आयोजना हुनेछन् । पहिलो खेलमा १२ः३० बजे विराटनगर किंग्स र चितवन राइनोज तथा दोस्रो ५ बजे हुने खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछन् । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको